The Road to Convey Rational Views

Like Me

Monday, September 25, 2017

केहि नेपाली हाइकूहरु (Nepali Haiku)

कृपया यसमा प्रकाशित भएका हाइकूहरु वा एसको कुनै हरफ हरु सार्नु वा प्रिन्ट गर्नु अगाडी यसप्रकार स्रोत खुलाइदिनु होला : (लेखकको नाम. शिर्षक, प्रकाशित मिति. वेब पेजको ठेगाना )। 



अनुसन्धान 
हुवहुको  राजनीति
आकाश छुने लछ्य
पैशाको सत्यानाश।
...................

विज्ञान 
मंगलको यात्रा
प्रयोगशाला र अर्बुदरोग
शून्य बजेट।
......................

माया 
जेरीको चाहना
दुई जीउ तीन
शाश्वत सत्य।
.........................

चाकडी 
निहुरिएर तालि
आशिर्वादको लागि पसिना
भित्रभित्र  गाली।
......................

ऋण 
जरुरी कागज  
निद्रा नलाग्ने औसधि 
टुटेको समझदारी।
...................... 

देश 
भूगोलको सिमा 
माया जाग्ने डोरी 
राजनीतिज्ञको भाँडो।  
..................................

धन 
कालो पोको 
शत्रु कमाउने तत्व 
मानवको लछ्य। 
.......................

जागिर 
असन्तुस्टी जिन्दगि 
चित्त बुझाउने प्रयाश
कडा प्रतिस्पर्धा।  
.........................

परिचय 
अन्जान साथी
तपाईं, तिमी, म 
एकछिनको रमझम। 
.........................

छोराछोरी 
बुढेसकालको साहारा
लोभ, माया, सपना
बुढेसकालमा  बेसाहारा। 
.......................

शहर 
बैकल्पिक सपना
धूलो, महँगी, पीडा
हराएको जिन्दगि। 
......................

विदेश 
परिवारको सपना
सुन फल्ने देश
शून्य जिन्दगि । 
..........................

फेसबुक 
तिर्खाएको गाई
नशा लाग्ने किताब
घरवार सत्यानाश। 
.......................

काम 
जिउने बाध्यता
पिउनको लागि  बाध्यता
जीवनभरको तपस्या। 
......................

1 comment:

Unknown said...

The King Casino Resort - Hertzaman
Find the perfect place to 빅 카지노 stay, 출장안마 play, and unwind at 포커 Harrah's Resort 카지노 Southern California. Get 더킹카지노 your points now!